सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

NAWALPUR TIMES

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित
1598421322.sandeep cpl

काठमाडौं। सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत उनी आवद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ।

 

ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा गएराति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात विकेटले पराजित भएको हो।

 

टस जितेर जमैकाले ब्याटिङ रोजेको थियो। निर्धारित २० ओभरको खेलमा जमैकाले चार विकेटको क्षतिमा १६१ रन बनायो। १६२ रनको विजयी लक्ष्य बार्बाडोसले १८ दशमलव २ ओभरमा तीन विकेट गुमाएर पुरा गर्‍यो।

 

बार्बाडोसका लागि कप्तान जेसन होल्डरले ६९ रन बनाए। यस्तै जोनाथन कार्टरले ४२ तथा मिचेल स्याटनरले अविजित रहँदै ३५ रनको योगदान गरे। बलिङतर्फ जमैकाका लागि सन्दीप, ओशाने थोमस र प्रिस्टन मस्वीनले एक/एक विकेट लिए।

 

किफायती बलिङ गर्ने क्रममा सन्दीपले ४ ओभरमा २६ रन खर्चिए। उनले बार्बाडोसका कप्तान होल्डरको विकेट लिएका थिए।

 

यसअघि ब्याटिङ गरेको जमैकाका लागि जेर्मेनी ब्ल्याकउडले सर्वाधिक ७४ रन बनाए। यसमा उनको चार छक्का र पाँच चौका सामेल थियो। यस्तै आन्द्रे रसेलले २८ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा ५४ रनको अर्धशतकीय खेले। ग्लेन फिलिप्सले १७ रन बनाए । बलिङतर्फ बार्बाडोसका जोसुवा बिशप, जेसन होल्डर, राशिद खान र हेडेन वाल्सले एक/एक विकेट लिए।

 

जमैकाले लिग चरणको अब एक मात्र खेल खेल्न बाँकी छ। जमैका यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। अंक तालिकाको चौथो स्थानमा रहेको जमैकाले अब सेमिफाइनल भने शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससित खेल्नुपर्ने छ। सन्दीपले हालसम्मको ९ खेलमा ११ विकेट लिएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology