अष्‍ट्रेलियामाथि इङ्ल्यान्डको रोमाञ्‍चक जित

NAWALPUR TIMES

अष्‍ट्रेलियामाथि इङ्ल्यान्डको रोमाञ्‍चक जित
1599276801.engaland beats

काठमाडौं। इङ्ल्यान्डले चीर परिचीत  प्रतिद्वन्द्वी अष्‍ट्रेलियाविरुद्धको पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई रनको रोमाञ्चक विजय हासिल गरेको छ। अन्तिम बलमा विजय हासिल गरेसँगै इङ्ल्यान्डले तीन खेलको शृंखलामा १-० ले अग्रता लिएको छ।

साउथह्याम्पटनस्थित रोज बाउल मैदानमा १६३ रनको लक्ष्य पछ्याएको अष्‍ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो। त्यसअघि टर हारेर ब्याटिङका लागि निम्त्याइएको इङ्ल्यान्डले सात विकेट गुमाएर १६२ रन बनाएको थियो।

 

कोभिड-१९ महामारीका कारण अष्‍ट्रेलियाले ६ महीनापछि पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो। १४ बलमा ९ रन जोडेर चार विकेट गुमाएर भ्रमणकारी अष्‍ट्रेलियालाई जितका लागि अन्तिम तीन ओभरमा २६ रन आवश्यक थियो। अन्तिम २ ओभरमा १९ रन आवश्यक थियो भने अन्तिम ओभरमा १५ रन आवश्यक थियो।

 

 

अन्तिम ओभरमा टम कुरानले कसिलो बलिङ गरेपछि घरेलु टीमले उत्कृष्ट पुनरागमन गर्दै दुई रनको विजय हासिल गर्‍यो।

 

अन्तिम ओभरको दोस्रो बलमा मार्कुस स्टोइनिसले छक्का प्रहार गर्दै अष्‍ट्रेलियाको आशा कायम राखेका थिए। त्यसपछि अष्‍ट्रेलियालाई चार बलमा ९ रनको खाँचो थियो। तर, विश्व नम्बर एक अष्‍ट्रेलिया ९ रन जोड्न असफल भयो। तेस्रो बल रनमा रन जोड्न नसेका स्टोइनिसले बाँकी तीन बलमा दुई दुई रन मात्र लिन सके।

 

१९औं ओभरमा क्रिस जोर्डनले ४ रन दिएर एक विकेट लिएपछि अष्‍ट्रेलिया दबाबमा परेको थिायो। त्यसअघि १८औं ओभरमा पनि कुरानले सात रन मात्र दिएका थिए।

 

अष्‍ट्रेलियाका कप्तान एरोन फिन्च र डेबिड वार्नरले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गर्दै उत्कृष्ट शुरूआत दिएका थिए। त्यसलाई मध्यक्रमका ब्याट्सम्यानले निरन्तरता दिन सकेनन्।

 

फिन्चले ३२ बलमा ४६ रन जोडे भने वार्नरले ४७ बलमा ५८ रन जोडेका थिए। १८ रन जोडेका स्टिभ स्मिथ आउट हुँदा अष्‍ट्रेलिया १२४-२ को स्थितिमा थियो। त्यसपछि आएका ग्लेन म्याक्सवेल एक रन बनाएर आउँट भए। स्मिथ र म्याक्सवेल दुबैलाई एडिल रशिदले आउट गरेका थिए। स्टोइनिस २३ रनमा अविजित रहे भने एलेक्स क्यारी एक र एश्टन अगरले ४ रन जोडे।

 

इङ्ल्यान्डका रशिद र जोर्फा आर्चरले समान दुई विकेट लिए भने मार्क उडको नाममा एक विकेट रह्यो।

 

‘‘इङ्ल्यान्डले कडा मिहिनेत गरेको छ,’’ फिन्चले भने, ‘‘हामीले १२ देखी १८ ओभरको बीचमा बाउन्ड्री पार गर्न धेरै संघर्ष गर्नुपर्‍यो। त्यसमा हामीले सुधार गर्नुपर्छ।’’

 

त्यसअघि इङ्ल्यान्डका डेविड मालनले ६६ र ओपनर जोश बट्लरले ४४ रन जोडेका थिए, जोर्डनले १४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्।

 

अष्‍ट्रेलियाका अगर, म्याक्सवेल र केन रिचर्डसनले समान दुई विकेट लिए। पेट कुमिन्सले एक विकेट लिए। एडम जम्पा र मिचेल स्टार्कको ओभरमा अष्‍ट्रेलियाका लागि महंगो सावित भयो। जम्पाले ४७ तथा स्टार्कले ३० रन दिए। दुबै विकेट लिन असफल भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology