गण्डकीका सांसदलाई कोरोना पुष्टि, सामाजिक विकास मन्त्री कन्ट्याक ट्रेसिङमा

NAWALPUR TIMES

गण्डकी प्रदेश सभाका १ जना सदस्यलाई कोरोना पुष्टि भएको छ । भदौ १४ गते उनको स्वाब संकलन गरिएको बुधबार साँझ नतिजा आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदबिन्दु शर्माले जानकारी दिए ।

कन्ट्याक ट्रेसिङका आधारमा शंका लागेर १४ गते स्वाव परीक्षणका लागि दिएको ती सांसदले  बताए ।

‘नेपाल प्रहरीको सशस्त्र प्रहरी गणका प्रमुखसँग डेढ साता पहिला खाना खाएको थिएँ, त्यहाँका प्रहरीमा कोरोना पुष्टि भएपछि मैले परीक्षण गराएको हुँ ।’ अहिले आफूलाई रुघाखाेकी, ज्वराे केही पनि नभएकाे उनले बताए ।

उनी अहिले पोखरास्थित आफ्नै डेरामा छन् । होम आइसोलेसनमा बस्ने कि अस्पतलामै जाने भन्ने बारेमा छलफल भइरहेको उनले बताए । उच्च रक्तचापको नियमित औषधी खाने ती सांसदमा स्वासप्रश्वास समस्या पहिलेदेखि नै छ ।

उनी बुधबार सामाजिक विकास मन्त्री नरदेवी पुनसँग भेट भएका थिए । मुख्यमन्त्रीसँग भेट गर्न उनी बुधबारै पुगेको भए पनि व्यस्तताका कारण समय मिलेको थिएन् ।

प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले संक्रमण पुष्टि भएका ती सांसदसँग सम्पर्कमा आएकाहरुको सूची तयार गर्न र स्वाबको नमुना लिनका लागि योजना तयार भइसकेको बताए । उनले भने, ‘आज बिहानभर हामीले योजना बनाएका छौं, पहिला सम्पर्कमा रहेकाहरुको सूची तयार हुन्छ, त्यसछि काम थाल्छौं ।’

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology