पछिल्लो २४ घन्टामा नेपालमा थप ११२० जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १७ गते १६:२८
पछिल्लो २४ घन्टामा नेपालमा थप ११२० जनामा कोरोना संक्रमण
received 402035130687189 1

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ११२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४१ हजार ६४९ जना पुगेको छ।

बुधबार काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९  संक्रमित थपिएका छन्।

देशभर ७६१५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा थप १११२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म  २३ हजार २९० उपचारपछि निको भएका छन्।

प्रकाशित : २०७७ भदौ १७ गते १६:२८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI