गैँडाकोटमा सुन पसल चोरी गर्ने ६जना जेल चलान

NAWALPUR TIMES

गैँडाकोटमा सुन पसल चोरी गर्ने ६जना जेल चलान
IMG 20200901 172959

गैँडाकोट । गैँडाकोटको मोनिका सुनचाँदी पसलमा चोरी गरेको आरोपमा पक्राउ परेका छ जना पुर्पक्षका लागि कारागार चलान भएका छन । पूर्वि नवलपरासीको गैँडाकोट नगरापालिका–५ स्थित सुनचाँदी पसलमा चोरी गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

गैँडाकोट नगरपालिका–५ मा रहेको मोनिका सुनचाँदी पसलबाट ६९ तोला ५ लाल सुन , एक किलो चाँदीका तयारी गरगहना र सात लाख रुपैयाँ नगद चोरी गरेको भन्ने जाहेरीका आधारमा पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताउनुभयो ।
चोरीमा संलग्न सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका –८ का २९ वर्षीय तीर्थबहादुर रुम्बा, काभ्रेपलाञ्चोक धुलीखेल नगरपालिका –८, बस्ने ४० वर्षीय जितबहादुर तामाङ, वाग्लुङ काठेखोला –७, का १९ वर्षीय लालबहादुर कुँवर, दोलखा सैलुङ गाउँपालिका –८, बस्ने २५ वर्षीय अनुज लामा, ४३ वर्षीय वीरबहादुर श्रेष्ठ र ओखलढुंगा मानेभन्ज्याङ –१, बस्ने २२ वर्षीय घनबहादुर आले मगरलाई कारागार चलान गरिएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology