माछा पोखरीमा करेन्ट लागेर दुईको मृत्यु

NAWALPUR TIMES

माछा पोखरीमा  करेन्ट लागेर दुईको मृत्यु
5ece199337bd1 death

चितवनको भरतपुर–८ मा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र निरब राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चिवतनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार रातिको समयमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो ।

पोखरी भाडामा लिएर माछा पाल्नेहरुले माछा चोरी भएपछि छोडेको बिद्युतीय तारबारमा उनीहरुलाई करेन्ट लागेको थापाले जानकारी दिए । मृतकहरुको साथमा जालसमेत रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology