१३औँ राष्ट्रिय पुस्तकालय दिवस भर्चुअलरूपमा मनाइने

NAWALPUR TIMES

१३औँ राष्ट्रिय पुस्तकालय दिवस भर्चुअलरूपमा मनाइने
1598836892.liabrary

काठमाडाैं। कोरोना महामारी र रोकथामका लागि जारी निषेधाज्ञाका कारण यस वर्षको १३औँ राष्ट्रिय पुस्तकालय दिवस ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ भर्चुअलरूपमा मनाइने भएको छ।

 

स्वास्थ्य जोखिमका कारण शिक्षालय र पुस्तकालय गत चैत ५ गतेदेखि बन्द रहे तापनि डिजिटल प्रणाली र स्वाध्ययनको क्रम चलिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन माध्यमबाट यस वर्षको दिवस मनाउन लागेको हो।

 

राजा गीर्वाणविक्रम शाहका पालामा १८६९ भदौ १५ गते पुस्तक तहबिल स्थापना भएको दिनका सम्झनामा नेपालमा २०६५ सालदेखि हरेक वर्ष सो दिन राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै आएको छ।

 

राजा गीर्वाणयुद्धले वसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि सदनपत्र जारी गरी पण्डित केदारनाथ झालाई जिम्मा दिइएको  थियो।

 

मन्त्रालयका पुस्तकालय शाखाका प्रमुख यादवचन्द्र निरौलाका अनुसार सोमबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा भर्चुअलरुपमा पुस्तकालय र पठनपाठनका क्षेत्रका चुनौतीबारे छलफल गरिने छ।

 

निरौलाका अनुसार हाल सामुदायिक र सार्वजनिक गरी नेपालमा करिब सात सय पुस्तकालय छन्। संस्थागत (कार्यालयगत) रुपमा पनि अन्य पुस्तकालय सञ्चालित छन्। रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology