आईपीएल अघि चेन्नईलाई ठुलो झट्का, सुरेश रैना भारत फर्किए

NAWALPUR TIMES

आईपीएल अघि चेन्नईलाई ठुलो झट्का, सुरेश रैना भारत फर्किए
download 4

व्यक्तिगत कारण देखाउदै चेन्नई सुपर किंग्सका प्रमुख ब्याट्सम्यान सुरेश रैनाले १३ औं सिजनको आईपीएलबाट नाम फिर्ता लिएका छन्। चेन्नईको अधिकारिक ट्वीटर प्रोफाइलले यो कुराको पुस्टि गरेको छ।

“सुरेश रैना व्यक्तिगत कारणले भारत फर्किएका छन् र उनि पुरा सिजन आईपीएलको लागि उपलब्ध हुने छैनन्। चेन्नाई सुपर किंग्सले उनि र उनको परिवारलाई यो समयमा पुरा साथ दिनेछ।” चेन्नईले ट्वीट गर्दै उनि भारत फर्किएको समेत जानकारी गराएको छ। उनि एक्कासी भारत फर्कनुपर्ने पारिवारिक कारण भने खुलाइएको छैन।

अन्तर्राष्ट्रिय क्रिकेटबाट भर्खरै सन्यास लिएका रैना सेप्टेम्बर १९ देखि युएईमा सुरु हुने लिगमा सहभागीता जनाउन अगस्ट २१ मा टिमसंगै पुगीसकेका थिए। त्यस अघि भारतमै भएको तयारीमा समेत रैना उपस्थित थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology