संक्रमित साथीहरुको स्वास्थ्यलाभको कामना गर्न पत्रकार महासंघको टोलि प्राकृतिक चिकित्सालयमा

NAWALPUR TIMES

संक्रमित साथीहरुको स्वास्थ्यलाभको कामना गर्न पत्रकार महासंघको टोलि प्राकृतिक चिकित्सालयमा
1598678574005

कावासोती/१३ भदौ
कोरोना महामारीको समयमा अग्रमोर्चामा रहेर समाचार संकलन गर्ने क्रममा कोरोना संक्रमित हुन पुगेका पत्रकारहरुलाई भेटन , उनीहरुको स्वास्थ्य अवस्था बुझ्न  र  स्वास्थ्यलाभको कामना  गर्न नेेपाल  पत्रकार महासंघ नवलपुरको टोलि आज जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालय रजहर पुगेको छ ।

महासंघ जिल्ला शाखा अध्यक्ष होमराज रानाभाटको नेतृत्वमा जिल्लाका कृयाशिल पत्रकारहरुको टोलिले अस्पतालमा पुगेर संक्रमित पत्रकार सहित उपचाररत सबै संक्रमितहरुको स्वास्थ्य अवस्थाको जानकारी लिएको हो ।

सोही अवसरमा पत्रकार महासंघ नवलपुरको तर्फबाट अस्पतालमा उपचाररत बिरामीहरुको लागि अध्यक्ष रानाभाटले अस्पतालका निर्देशक विनोद पौडेललाई फलफुल हस्तान्तरण गरेका छ्न ।

अस्पतालमा रहेका पत्रकार सहित अन्य संक्रमितहरुलाई सम्बोधन गर्दै महासंघ नवलपुरका अध्यक्ष रानाभाटले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छ्न । साथै अग्रमोर्चामा खटिने पत्रकाहरुका लागि विभिन्न स्थानीय तहसँग सहकार्य गरी पीसीआर परीक्षणको व्यवस्था मिलाएको भन्दै उहाँले सकेसम्म आफू सुरक्षित भइ पत्रकारिता गर्न आग्रह गरेका छ्न ।
आइसोलेसनमा रहनेहरुमा आफू संक्रमित हुँ भन्ने भाव नै आउन नदिने गरी रजहर प्राकृतिक चिकित्सालयले उपचार गरिरहेको भन्दै त्यहाँ खटिने सवैमा आभार व्यक्त गरेका छ्न ।

कार्यक्रममा अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले पत्रकार महासंघ नवलपुरलाई संक्रमितहरुको आत्मबल बढाउनका लागि गरेको काम प्रती धन्यवाद व्यक्त गरेका थिए ।कार्यक्रममा प्रदेश सांसद रोशन गाहा मगर, चिकित्सालयका व्यवस्थापक हरि सापकोटा लगायत जिल्लामा क्रियाशील पत्रकारहरुको पनि सहभागीता रहेको थियो ।

जिल्लाका सात जना कृयाशिल पत्रकारहरु यति बेला कोरोना संक्रमीत भई उपचारको क्रममा रजहर स्थित प्राकृतिक चिकित्सालयमा रहेका छ्न भने देशै भर ७१ जना पत्रकारहरु कोरोना संक्रमित भएका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology