पोखरामा कोरोनाबाट थप एकजनाको मृत्यु

NAWALPUR TIMES

पोखरामा कोरोनाबाट थप एकजनाको मृत्यु
Death from corona

कास्की । पोखरामा कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड– १९ उपचार केन्द्रमा ३२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

अरु कुनै पनि रोग नदेखिएकी महिलाको कोरोनाका कारण मृत्यु भएको गण्डकीमा यो पहिलो पटक हो ।

“उहाँलाई अन्य कुनै रोग थिएन, कोरोना लागेर नै निधन भएको यो पहिलो केस हो,” पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड– १९ उपचार केन्द्रका निर्देशक डा. अर्जुन आचार्यले भने ।

गण्डकीमा कोरोनाबाट निधन हुनेको संख्या ८ पुगेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology