विराटनगरमा चन्दा उठाएर किनियो पिसिआर मेसिन

विराटनगरमा चन्दा उठाएर किनिएको पिसिआर मेसिन आज कोशी अस्पताललाई हस्तान्तरण गरिएको छ।

NAWALPUR TIMES

विराटनगरमा चन्दा उठाएर किनियो पिसिआर मेसिन
received 402035130687189 1

भदौ ९ – विराटनगरमा चन्दा उठाएर किनिएको पिसिआर मेसिन आज कोशी अस्पताललाई हस्तान्तरण गरिएको छ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको सक्रियतामा उक्त मेसिन निजी क्षेत्रले खरिद गरेको हो।

सो मेसिन किन्न मेयर पराजुलीले आफ्नो एक वर्षको सेवासुविधावापतको ५ लाख रुपैयाँ उपलब्ध गराएका थिए।

२८ लाख मूल्यबराबरको उक्त मेसिन खरिद गर्न मेयरसहित प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योगी, व्यवसायी र नागरिक समाजका अगुुवाले रकम उपलब्ध गराएका थिए।

कोसी अस्पतालले उक्त मेसिन व्यवस्थापन र सञ्चालनका लागि महानगरले २५ लाख रुपैयाँ निकासा गरिसकेको मेयर पराजुलीले जानकारी दिए।

हाल उक्त मेसिनले दैनीक १ सय ५० स्वाब नमूनाको नजिता दिनेछ। यसका थप केही प्राविधिक पार्टपूर्जा जोड्दा दैनिक १ हजार स्वाबको नमूना परीक्षण गर्नसक्ने क्षमता रहेको पराजुलीले जानकारी दिए।

प्रदेश १ मा सबैभन्दा बढी संक्रमित विराटनगरमा भेटिएपछि सर्वसाधारणबाट लिइएको स्वाबको रिपोर्ट ५ दिनमा समेत नआएपछि मेयर आफैंले पिसिआर मेसिन खरिद गर्ने घोषण गरेका थिए। जसका लागि निजी क्षेत्र र नागरिक समाजका अगुवासँग आग्रह गरेका थिए।

यसरी आह्वान गर्दा बढी रकम उठेको हुँदा बाँकी रहेको रकमले धरानको बिपी प्रतिष्ठान र प्रदेश १ सरकारलाई थप पिसिआर मेसिन दिने तयारी रहेको उक्त अभियानका सदस्य तथा उद्योगी भीम घिमिरेले जानकारी दिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology