बायर्न म्युनिख च्याम्पियन्स लिग च्याम्पियन, एम्बाप्पे र नेयमार निराश

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ८ गते ९:०२
बायर्न म्युनिख च्याम्पियन्स लिग च्याम्पियन, एम्बाप्पे र नेयमार निराश

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधि जर्मन क्लब बायर्न म्युनिखले जितेको छ । पोर्चुगलको लिस्बनमा आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो ।

स्टाडियो डा लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक गोल गरे । कोमानले खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गरेका थिए ।

यो हारले भने फ्रेन्च स्टार केलियन एम्बाप्पे र ब्राजिलियन स्टार नेयमार निराश भएका छन् । खेलको १८ औं मिनेटमा एम्बाप्पेको पासमा नेयमारको प्रहार बायर्नका गोलरक्षक नोयाले उत्कृष्ट बचाउ गरेका थिए ।

पराजित भएपछि नेयमार सम्हालिन सकेनन् । उनले मैदानमा आँशु झारे । उनलाई पीएसजीका खेलाडीले मात्र नभई बायर्नका खेलाडीले समेत ढाडस दिएका थिए ।
यससँगै बायर्नले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यसअघि बायर्नले सन् १९७४, १९७५, १९७६, २००१ र २००१३ मा उपाधि जितेको थियो ।

पीएसजी भने पहिलो पटक फाइनल पुगेर पनि च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ ।

सेमिफाइनलमा बायर्नले लियोनलाई हराएको थियो भने पीएसजीले आरबी लेप्जिगलाई हराएको थियो ।

तीन दशकपछि पहिलो पटक च्याम्पियन्स लिगमा इंगलिश, स्पेनिश र इटालियन क्लब बिना नै सेमिफाइनल समीकरण तयार भएको थियो ।

प्रकाशित : २०७७ भदौ ८ गते ९:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI