नेवाः देय् दबूको आठौं महाधिवेशन भोलिदेखि कावासोतीमा

NAWALPUR TIMES

नेवाः देय् दबूको आठौं महाधिवेशन भोलिदेखि कावासोतीमा

कावासोती । नेवाः देय् दबूको आठौं केन्द्रिय महाधिवेशन कावासोतीमा हुने भएको छ । जेठ २ गतेदेखि ४ गतेसम्म हुने महाधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।
नेवाः देय दबू नवलपुरका सचिव रामकुमार श्रेष्ठका अनुसार महाधिवेशनका लागि देशभरबाट ६ सय बढी प्रतिनिधि सहभागी हुने छन् । महाधिवेशनको भोलि उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनको उद्घाटन शत्र कावासोती १६ डण्डाको थारु संग्राहलयमा हुने छ भने बन्द सत्र कावासोती अमलटारी होम स्टे भिलेजमा ३ र ४ गते हुने नेवाः देय् दबू आठौं महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक एवम् केन्द्रिय उपाध्यक्ष हरि श्रेष्ठले बताए ।

महाधिवेशन पूर्व हिजो साँझ कावासोती फलफूल चोक अहिंसा पार्कबाट कार्यक्रम स्थल थारु संग्राहलय डण्डासम्म मोटरसाइकल र्‍याली गरिएको थियो ।

त्यसैगरी भोलि कार्यक्रम उद्घाटन कार्यक्रम पूर्व कावासोती ३ नमुना सदरमुकाम खुल्ला चौरबाट थारु संग्राहलय डण्डासम्म विहान ८ शोभा कलस यात्रा निकालिने भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठ, विभिन्न राजनीतिक दलका केन्द्रिय नेताहरु, नवलपुरका संघीय तथा प्रदेश सांसद लगायतको सहभागिता रहने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology