४२ वर्षको राजनीतिक जीवन दाउमा लगाएको छु, कुनै पनि मुद्दामा कांग्रेसलाई तल पर्न दिन्न : जिसी

NAWALPUR TIMES

४२ वर्षको राजनीतिक जीवन दाउमा लगाएको छु, कुनै पनि मुद्दामा कांग्रेसलाई तल पर्न दिन्न : जिसी
1647276868618

नवलपुर । नेपाली कांग्रेस नवलपुरका नवनिर्वाचित सभापति महेन्द्रध्वज जिसीले  नवलपुर कांग्रेसलाई कुनै पनि मुद्दामा  विपक्षी सँग झुकेर हिडने अवस्था सृजना हुन नदिने घोषणा गरेका छ्न ।

सोमबार कावासोतीमा आयोजना गरिएको नव निर्वाचित समितिलाई पद हस्तान्तरण तथा घर घर जाउ कांग्रेस जिताउ अभियानको कार्यक्रममा बोल्दै जिसीले भने “मेरो ४२ वर्षको जिल्लाको राजनीति ईतिहासमा महेन्द्र जिसी के हो तपाईंहरु सँग म खुल्ला किताब आफै छु, र पनि अझै के प्रतिबद्धता व्यक्त गर्द्छु भने कुनै पनि मानेमा नवलपुर कांग्रेसलाई कुनै विपक्षी सँग झुकेर हिडने अवस्था सृजना हुन दिन्न ।”

आफुलाई निर्विरोध सभापति निर्वाचित हुन सहयोग गरेको भन्दै सभापति जिसीले पुर्व महामन्त्री एवं केन्द्रिय सदस्य शशांक कोइराला, गण्डकीका मुख्यमन्त्री एवं केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली , गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने लगाएतका नेतालाई धन्यवाद मात्रै दिएनन आगामी दिनमा पार्टीलाई एक बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताए । “जसरी मेरो नेतृत्वमा सबैले विश्वास गर्नु भएको छ, विगतमा के भए ती कुरा बिर्सिएर म सम्पुर्ण कांग्रेसको साझा सभापति भएर काम गर्ने छु, जनता प्रती समर्पित र लोकप्रिय उम्मेदवारलाई अगाडि सारेर कांग्रेसलाई एक नम्बरको पार्टी बनाउछु,” जिसीले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति जिसीले आफू सर्वसम्मत भएका ले विभिन्न तहका अधिवेशन बनेका गुट उपगुट बाट माथी उठेर काम गर्ने कार्यकर्तामा भेदभाव नगरिने समेत प्रतिबद्धता व्यक्त गरेका छन ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology