होटलमा किशोरी मृत्यु प्रकरण : बलात्कार पछि हत्या भएको भन्दै प्रहरीमा उजुरी दर्ता

NAWALPUR TIMES

होटलमा किशोरी मृत्यु प्रकरण : बलात्कार पछि हत्या भएको भन्दै प्रहरीमा उजुरी दर्ता
1628317367508 1

सन्जय भट्टराई/कावासोती ।
केटा साथी सँग लजमा गएकी १७ वर्षीय किशोरीको मृत्युको घटना बलात्कार पछि हत्या भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

पश्चिम नवलपरासी रामग्राम नगरपालीका वडा नं १२ की १७ वर्षीय किशोरीलाई पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६, त्रिवेणीमा रहेको होटल शाही प्यालेसमा लगेर बलात्कार पछि हत्या गरेको भन्दै किशोरीका बाबुले  होटलमा लैजाने १७ वर्षीय किशोरको विरुद्घ बलात्कार र कर्तव्य ज्यान मुद्धामा उजुरी दर्ता गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीले बताए ।

गत साउन २२ गते बलात्कार र हत्याका आरोपित किशोरले १७ वर्षीय किशोरीलाई त्रिवेणीमा रहेको होटल शाही प्यालेसमा लिएर गएको केही बेरमा किशोरीको स्वास्थ्यमा समस्या आएको भन्दै शहिद स्मृति अस्पताल चौपत्ता पुर्‍याएका थिए । अस्पताल पुर्‍याएको केही समयमै अस्पतालले किशोरीलाई मृत घोषणा गरेको थियो । किशोरीको मृत्यु लगत्तै फरार भएका किशोरलाई अझै पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

मृतक किशोरीका बुबाले पश्चिम नवलपरासी प्रहरीमा दिएको उजुरी आफुहरुको मा आएको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीले बताए । गिरीका अनुसार मृत किशोरीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टर्माटम गरिएको र शव परिवारलाई हस्तान्तरण गरिएको छ । प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान हत्या भएकै दिनबाट सुरु गरेको, होटल सन्चालक तथा फरार किशोरका साथीहरु र किशोरले प्रयोग गरेको मोटरसाईकल धनि सँग यस अघिनै सोधपुछ गरिएको र पोष्टर्माटम रिपोर्ट आए पछि थप कुराहरु बताउन सकिने गिरीले बताए ।

(यो समाचारमा आरोपी र मृतक दुवै किशोर किशोरी भएकाले नाम उल्लेख गरिएको छैन ।)

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology