सरकारकाे कदमकाे विराेधमा नवलपुरका दलहरू पनि एक ठाउँमा

NAWALPUR TIMES

सरकारकाे कदमकाे विराेधमा नवलपुरका दलहरू पनि एक ठाउँमा
FB IMG 16220313176082421

अर्जुन अविरल/कावासोती ।

२०७८ जेठ ७ गते राति राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधि सभा विघटन गरी मन्त्रिपरिषद्काे सिफारिसमा नयाँ निर्वाचन घाेषणा गरेकाे कदमकाे बिरूद्ध नवलपुरका सरकार बाहेकका दलहरू एक भएका छन् ।

आज कावासाेतीमा बसेकाे संयुक्त बैठकले सरकारकाे असंवैधानिक कदमकाे बिरूद्ध संयुक्त प्रेस विज्ञप्ति प्रकाशन गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ), नेकपा ( एमाले ) माधव पक्ष, जनता समाजवादी पार्टी, विवेकशील साझा पार्टी र राष्ट्रिय जनमाेर्चाले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्तिमा नेपाली काँग्रेस, नवलपुरका सचिव बालकृण्ण घिमिरे, नेकपा (माओवादी केन्द्र), नवलपुरका सचिव मित्रशरण शर्मा ( बिहानी ), नेकपा (एमाले), नवलपुर माधव पक्ष जिल्ला अध्यक्ष शालिकराम भट्टराई, जनता समाज पार्टी, नवलपुरका जिल्ला अध्यक्ष धनबहादुर गुरूङ्ग, विवेकशील साझा पार्टीका प्रदेश कमिटि सदस्य टि एम पाैडेल, राष्ट्रिय जनमाेर्चा, नवलपुर जिल्ला अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरेका थिए ।

विज्ञप्तिमा प्रधानमन्त्री के पि शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीकाे कदमलाई असंबैधानिक भन्दै विराेध गरिएकाे छ । साथै यस्ताे कदमकाे विरूद्धमा उभिन जिल्लामा रहेका सम्पुर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायत सम्पूर्णमा आव्हान गरिएकाे छ ।
साथै आज बसेकाे संयुक्त बैठकले तीन दिन भित्र जिल्लामा संयुक्त संघर्ष समिति निर्माण गर्ने, पालिका र वडासम्मै संयुक्त संघर्ष समिति निर्माण गर्ने निर्णय पनि गरेकाे छ । बैठक नेपाली काँग्रेस, नवलपुर जिल्ला कार्यलयमा बसेकाे थियाे ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology