संवैधानिक सर्वोच्चता जोगाउनका लागि एक हुन काङ्ग्रेस नवलपुरको अपिल

NAWALPUR TIMES

संवैधानिक सर्वोच्चता जोगाउनका लागि एक हुन काङ्ग्रेस नवलपुरको अपिल
AddText 05 23 03.35.47

कावासोती । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक कदम चालेको भन्दै नेपाली काङ्ग्रेस नवलपुरले लोकतन्त्र र संवैधानिक सर्वोच्चता जोगाउनका लागि एक हुन अपिल गरेको छ ।

जिल्ला सभापति विष्णु प्रसाद लामिछानेले आइतबार प्रेस विज्ञप्ती प्रकाशित गर्दै पछिल्लो पटक असंवैधानिक तरिकाले गरेको प्रतिनिधिसभा विघटनले मुलुकलाई थप जटिल अवस्थामा पुर्‍याएको भन्दै लोकतन्त्र पक्षघर राजनीतिक दल लगाएत सबैमा एक जुट भएर अगाडि बढन अपिल गरिएको हो ।

विश्वासको मत गुमाई सकेका प्रधानमन्त्री ओलीको विकल्पमा संविधान तह बहुमत सांसदहरुले हस्ताक्षर गरी प्रधानमन्त्रीका लागि प्रस्ताव गरिएका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगर्नु नै संविधान समाप्त पार्ने खेल भएको नेपाली काङ्ग्रेसले ठहर गरेको विज्ञप्तिमा जनाईएको छ ।

कोरोना महामारी रोकथाम गर्न र उपचार तर्फ लाग्न छोडेर ओलि सरकार सत्ता लिप्सामा लागेको समेत काङ्ग्रेसले आरोप लगाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology