संविधानकाे रक्षार्थ आगाेसँग खेलिरहेका छाैं : अमृता थापा

NAWALPUR TIMES

संविधानकाे रक्षार्थ आगाेसँग खेलिरहेका छाैं : अमृता थापा
received 1404405106567542

अर्जुन अविरल/कावासोती ।

अखिल नेपाल महिला संघ, केन्द्रीय अध्यक्ष अमृता थापा मगरले संविधानकाे रक्षा गर्न आगाेसंग लडिरहेकाे बताएकी छन् ।

अखिल नेपाल महिला संघ, नवलपुर संघर्ष समितिले अाज कावासाेतीमा आयाेजना गरेकाे जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम बाेल्दै थापाले उक्त भनाई राखेकी हुन् । जुन संविधानमा सयाैं बर्षदेखि लडेर महिला अधिकारकाे विषयलाई सुनिश्चित गरिएकाे थियाे त्यहि संविधान च्यातिन खाेजिएकाे र त्यसैलाई जाेगाउन आफूहरू आगाेसंग लडिरहेकाे बताईन् ।

कार्यक्रमकाे प्रमुख अतिथि समेत रहनु भएकी थापाले महिलाहरूलाई कमजाेर नसम्झन चेतावनी दिईन् । नालापानी युद्धदेखि जनयुद्धसम्म बच्चा बाेकेर पनि युद्ध लडेकाे ईतिहास बताउँदै फेरि पनि अावश्क्ता पर्याे भने महिलाहरू डाडु, पनियाे, कुचाे बाेकेर आन्दाेलन गर्न तयार रहेकाे बताईन् । चाँडै नै प्रतिनिधि सभा पुनर्स्थापना हुने र महिलाले पाएका सबै अधिकार सुरक्षित रहने पनि बताएकी थिईन् ।

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का केन्द्रीय सदस्य तथा अनेमसंघ गण्डकी प्रदेश ईन्चार्ज शुशिला सिम्खडा, पार्टी केन्द्रीय सदस्य, संविधान सभा सदस्य तथा अनेमसंघ केन्द्रीय सदस्य सिता गिरी, पार्टी केन्द्रीय सदस्यहरू किशन शर्मा, रविन्द्र अधिकारी लगायतकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे । अखिल नेपाल महिला संघ संघर्ष समिति, नवलपुर संयाेजक तथा अनेमसंघ केन्द्रीय सदस्य सरला पाेखरेलकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजिकरण अनेमसंघ नवलपुर संघर्ष समिति सहसंयाेजक सुष्मा काफ्लेले गर्नु भएकाे थियाे ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology