लिङ्ग्देनको कमल थापालाई कटाक्ष : “राजाको विरोध गरेर राजनीति गर्ने दिन गयो”

NAWALPUR TIMES

लिङ्ग्देनको कमल थापालाई कटाक्ष : “राजाको विरोध गरेर राजनीति गर्ने दिन गयो”
received 2938525869772895

नवलपुर । राप्रपा अध्यक्ष राजेन्द्र राजेन्द्र लिङ्देनले राजाको विरोध गरेर राजनीति गर्ने दिन अब नरहेको बताएका छ्न ।

नवलपुरको कावासोतीमा राप्रपा गण्डकी प्रदेशको बिस्तारित बैठक अगाडि आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन ।

आफ्नै पार्टीका पुर्व अध्यक्ष कमल थापाको नाम नलिई कटाक्ष गर्दै लिङदेनले भने “राजनीतिको यो तहमा आईसकेका नेताहरु अहिले पनि राजाको विरोध गरेर राजनीति  गरेका छ्न, तर उनीहरुलाई थाह छैन राजाको विरोध गरेर राजनीति गर्ने दिन गयो अब ।”

सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले गणतन्त्रलाई आत्मसात गरेका कांग्रेस एमाले माओवादी जस्ता दलहरुले भ्रष्टाचारलाई संस्थागत गरेकै कारणले राजनीति प्रती आमजनतामा वितृष्णा पैदा भएको आरोप लगाए । “ठुला भनिएका दलहरु सँग देश र जनताको हित गर्ने एउटा पनि एजेन्डा छैन, देश जोगाउने एक मात्रै एजेन्डा राजसंस्था र हिन्दुराज्य हो, यो बोकेर राप्रपा अगाडी बढेको छ,” लिङदेनले भने ।

०६२/६३ को जनआन्दोलनको नाउँमा कांग्रेस, माओवादी, एमाले लगाएतका दलले जनचाहाना विपरित हिन्दु धर्म फालेको र देशलाई सिक्किमीकरणतर्फ लगेको आरोप लगाउदै लिङदेनले नेपाललाई सिक्किमीकरणबाट जोगाउने एउटा मात्रै बाटो भनेको हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापना भएक बताएका छ्न ।

आमसभामा राप्रपाका केन्द्रिय र प्रदेश तहका नेताहरुको उपस्तिथि रहेको थियो ।

 

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology