मुग्लिनको पहिरोले गाडीहरु नवलपुरमै रोकिए

NAWALPUR TIMES

मुग्लिनको पहिरोले गाडीहरु नवलपुरमै रोकिए
thumb 1

मुग्लिनमा पहिरो गएर राजमार्ग अवरुद्ध हुँदा नवलपुरको गैंडाकोट, रजहर र चोरमारामा सवारी जाम भएको छ । सवारीहरु पहिरोको साइट क्लियर नहुँदा सम्मका लागि यतै रोकिन बाध्य भएका छन् । जिल्ला प्रहरीका सूचना अधिकारी वेद पौडेलले महेन्द्रराजमार्ग हुँदै काठमाडौं र पोखरा जाने गाडी मुग्लिनमा एकै ठाउँमा लामो जाम परेकाले नियन्त्रणका लागि नवलपरासीमा रोक्न परेको जानकारी दिए ।

‘मुग्लिनमा गाडीको अत्यधिक जाम हुँदा यात्रुले कष्ट पाएको जानकारीका आधारमा यहाँका ठाउँठाउँमा रोक्न परेको छ, ‘पौडेलले भने, ‘मुग्लिनमा एकै ठाउँमा गाडी पुग्दा जंगलमा परेका यात्रुको बिजोग भएका कारण त्यसलाई नियन्त्रण गर्न नवलपुरको गैंडाकोट, रजहर र चोरमारामा गाडी रोकिएको हो ।’

अत्यावश्यक सेवाका सवारीलाई जाम पन्छाएर पठाउने व्यवस्था मिलाएको अरु गाडी मुग्लिन क्लियर नभएसम्म यहीँ बस्ने उनले बताए । जंगलमा खान समेत नपाउने भएका कारण यो जिल्लाका ठाउँठाउँमा गाडी रोक्न परेको हो । मुग्लिनको जंगलमाभन्दा यात्रुलाई यतै रोक्दा केही राहात हुने गरको छ ।

महेन्द्रराजमार्ग हुँदै पूर्वतर्फका लागि छुटेका ४ सय भन्दा धेरै गाडी गैंडाकोटमा रोकिएका छन् । मुग्लिन क्लियर नभएसम्म भन्दै प्रहरीले आज बिहानैबाट त्यहाँ गाडी रोकेको हो ।

मुग्लिनको पहिरोले गत ३६ घन्टादेखि त्यहाँ निकै लामो जाम भएको छ

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology