महाधिवेशनमा हिन्दुराष्ट्रको एजेन्डा प्रमुख हुन्छ : काङ्ग्रेस नेता भण्डारी

NAWALPUR TIMES

महाधिवेशनमा हिन्दुराष्ट्रको एजेन्डा प्रमुख हुन्छ : काङ्ग्रेस नेता भण्डारी
received 189491489511605

कावासोती । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले नेपाली काङ्ग्रेसको महाधिवेशनमा हिन्दु राष्ट्रको एजेन्डा प्रमुख हुने बताएका छ्न ।

हिन्दुराष्ट्रको एजेन्डा लिएर देश दौडाहामा निस्किएका नेता भन्डारीले शुक्रबार पुर्वी नवलपरासीको कावासोतीमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै नेता भण्डारीले सनातन हिन्दुधर्मलाई पाखा लगाउदा काङ्ग्रेसको कम्जोर भएको जिकिर गरे । काङ्ग्रेस कार्यकर्ताहरुले हिन्दुधर्मको एजेन्डा अगाडी बढाउन अनुरोध गरेकोले आफू हिन्दु राष्ट्रको मुद्दा  बोकेर देश दौडाहामा निस्किएको भण्डारीको भनाई थियो ।

कार्यक्रममा नेता भण्डारीलाई मंसिर २९ गतेको विरोध प्रदर्शनलाई शसक्त बनाउन पनि आग्रह गरेका छ्न । सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको, निरंकुशता तर्फ अगाडी बढेको र आन्तरिक झगडामा अल्झिएर जनताको काम नगरेको भन्दै भण्डारीले सरकारलाई सहिबाटोमा ल्याउन पनि २९ गतेको प्रदर्शन आयोजना गरिएको भण्डारीले बताए ।

काङ्ग्रेस पुर्वी नवलपरासीका सभापति विष्णुप्रसाद लामिछानेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

 

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology