मध्यबिन्दुमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

NAWALPUR TIMES

accident

कावासोती । मध्यविन्दुको भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

 

मध्यविन्दु ७ चोरमारामा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाईते भएका चोरमाराकै ३० बर्षीय नेत्र बहादुर मिधुनको मृत्यु भएको हो ।

गण्डकी प्रदेश ००१–०४ प २७४८ नम्बरको मोटरसाईकल चोरमाराबाट अम्रसा जाने क्रममा बाटोमा रुखमा ठोकिएर दुर्घटना भएको तम्सारिया प्रहरी चौकीले जनाएको छ ।

दुर्घटना लगतै प्रहरीले उद्वार गरि मध्यविन्दु जिल्ला अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदीले जानकारी दिनुभयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology