प्रतिनिधि सभा पुनःस्थापनको माग गर्दै कावासोतीमा कांग्रेसका शुभेच्छुक संघसंस्थाको प्रदर्शन

NAWALPUR TIMES

प्रतिनिधि सभा पुनःस्थापनको माग गर्दै कावासोतीमा कांग्रेसका शुभेच्छुक संघसंस्थाको प्रदर्शन
received 3746794585364327

कावासोती । प्रतिनिधिसभा विघटन विरुद्ध पुर्वी नवलपरासीमा कांग्रेसका शुभेच्छुक संघ संस्थाहरुले विरोध प्रदर्शन गरेका छन् । नेपाली काङ्ग्रेस जिल्ला कार्यालय बिपि स्मृति भवनबाट शुरु भई बिपीचोकमा पुगेर समापन भएको थियो ।

र्‍याली पछिको कोण सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले नेपालको ईतिहासमा पौष ५ दोस्रो कालो दिन भएको बताए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर जनताको मतको अपमान गरेको बताउदै नेता नेपालीले ओलि सरकार ईतिहासकै कम्जोर सरकार भएको जिकिर गरे ।

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी ढंगले संसद् विघटन गरेकाले आफूहरु तेस्रो चरणको विरोध प्रदर्शनमा उत्रिएको बताउदै नेता नेपालीले प्रतिगमनका विरुद्ध एकजुट हुन सबैलाई आव्हान समेत गरे ।

विरोध प्रदर्शनमा नेपाली कांग्रेस पुर्वी नवलपरासी सभापति एवं गण्डकी प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछाने,गण्डकी प्रदेश संसदीय दलकी सचेतक ओमकला गौतम, काङ्ग्रेस नेता विष्णुकुमार कार्की लगाएतका नेता कार्यकर्ता एवम् शुभेच्छुक संघसंस्थाका कार्यकर्ताहरुको उपस्थिति थियो ।

ट्रेड युनियन काङ्ग्रेस नवलपुरका अध्यक्ष गङ्गाधर सुबेदिको अध्यक्षता र नेपाल शिक्षक संघ नवलपुरका अध्यक्ष चुडामणि शर्मा कंडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण प्रेस युनियन नवलपुरका सचीव एवं प्रवक्ता आशिष रेग्मीले गरेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology