पुस्तक व्यवसायी नवलपुरको अध्यक्षमा पुन: न्याैपाने चयन

NAWALPUR TIMES

पुस्तक व्यवसायी नवलपुरको अध्यक्षमा पुन: न्याैपाने चयन
received 3796899303713063

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ नवलपुर शाखाकाे अध्यक्षमा पुन: रविन्द्र न्याैपाने निर्वाचित हुनु भएकाे छ । शुक्रबार दलदले स्थित साहारा पार्टी प्यालेसमा सम्पन्न भएकाे पन्ध्राैं साधारण सभा तथा साताैं अधिवेशनमा रविन्द्र न्याैपानेलाई अध्यक्षमा निर्वाचित गरेकाे हाे । न्याैपाने दिव्य पुस्तक पसल, केउरेनीका प्राेपाईटर हुन् । अध्यक्ष सहित सबै पदमा सर्वसम्मत भएकाे हाे ।

सर्वसम्मत हुनेहरूमा प्रथम उपाध्यक्षमा गैडाकाेट बुक्स सेन्टर, गैडाकाेटका गणेश शर्मा पाैडेल, द्वितिय उपाध्यक्षमा विद्यार्थी पुस्तक भण्डार कावासाेतीबाट विनाेद पाैडेल, सचिवमा हाम्राे विद्यार्थी पुस्तक पसल, कावासाेतीबाट अर्जुन अविरल, काेषाध्यक्षमा माैलाकालिका स्टेशनरी, गैडाकाेटबाट भगवत अर्याल, सहसचिवमा स्मृति पुस्तक पसल गैडाकाेटबाट सिताराम रिजाल रहेका छ्न ।

त्यसैगरी सदस्यहरूमा खिम प्रसाद भूषाल, डिल्लीराम महताे, मनिषा ढकाल, पुष्पा कार्की, कल्पना मिश्र, रामप्रसाद भट्टराई, हेमराज महताे, प्रेमराज ढकाल, तुलसी लम्साल, अशाेक अधिकारी, शान्ति पाण्डे, पुष्पराज पाैडेल, गाेविन्द प्रसाद भूसाल गरी १९ सदस्सीय जिल्ला समिति चयन भएकाे छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, जिल्ला शाखाका अध्यक्ष रविन्द्र न्याैपानेकाे अध्यक्षता र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय प्रथम उपाध्यक्ष ऋषिराम शर्मा भण्डारीकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा केन्द्रीय सदस्य द्वय शाेभाकान्त रेग्मी र प्रमेश अाचार्य, गण्डकी प्रदेश बरिष्ठ उपाध्यक्ष देवलाल काफ्ले र चितवन जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य उद्याेग बाँनियाले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनमा व्यवसायमा सन्चालनको २५ बर्ष पुगेका प्रकृति पुस्तक पसल कावासाेती र दिव्य पुस्तक पसल केउरानी सम्मानित भएका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology