पत्रकार महासंघ पुर्वी नवलपरासीको प्रथम साधारणसभामा ११ जना पत्रकार सम्मानित हुँदै

NAWALPUR TIMES

पत्रकार महासंघ पुर्वी नवलपरासीको प्रथम साधारणसभामा ११ जना पत्रकार सम्मानित हुँदै
2020 08 24 FNJ

कावासोती ।  नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासीले  पुस १८ गते प्रथम साधारणसभा गर्ने भएको छ ।
श्रमजीबी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासी शाखाले जिल्ला विभाजन भैसकेपछि प्रथम साधारणसभा गर्न लागेको पत्रकार महासंघ पुर्वी नवलपरासी शाखा अध्यक्ष होमराज रानाभाटले बताए ।

अध्यक्ष रानाभाटका अनुसार साधरण सभामा जिल्लामा रहेर २० वर्ष पत्रकारीता गरेका  पाँच पत्रकारलाई सम्मान , तीन जना पत्रकारलाई कृयाशिल पत्रकारिता पुरस्कार,  सिङ्गो जिल्ला हुँदा संस्थापक रहेका अग्रज पत्रकारलाई सम्मान गरिने  कार्यक्रम रहेको छ ।

शाखाको कावासोतीमा सम्पन्न १६ औं बैठकले साधारणसभामा क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकारहरु रामकुमार श्रेष्ठ , धनु भूषाल र दयाराम आचार्यलाई पुरस्कृत गर्ने  निर्णय गरेको छ । त्यस्तै पत्रकारहरु होमराज रानाभाट, नारायण शर्मा, होमनाथ जैसी , लालकुमार भट्टराई,र भुपेन्द्र शर्मा भटटराई सहित  नवलपरासी शाखाका संस्थापक सहसचिब बिष्णुदेबी पाण्डे र संस्थापक सल्लाहाकार गोबिन्दराज बिनोदीलाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष रानाभाटले बताए ।त्यस्तै प्रेस युनियनका जिल्ला सभापति विरेन्द्र पराजुलीले स्थापना गर्नु भएको कृष्णप्रसाद पराजुली स्मृति पत्रकारिता पुरस्कार पत्रकार नविन पौडेललाई प्रदान गर्ने निर्णय भएको रानाभाटले बताए ।

कावासोती १२ स्थित राजमन्दिर को पिकनिक स्पट कार्यक्रम  हुने साधरण सभाको सम्पुर्ण तयारी सकिएको र जिल्लाका सम्पुर्ण पत्रकारहरुलाई साधरणसभामा उपस्थित हुन पनि अध्यक्ष रानाभाटले आग्रह गरेका छ्न ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology