नवलपुर प्रहरीद्वारा ठूलो परिमाणको लागू औषध सहित एक युवक पक्राउ

NAWALPUR TIMES

कावासोती ।  ठूलो परिमाणको लागू औषध सहित एक युवकलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।

पुर्व पश्चिम सडक खण्डको दाउन्नेमा प्रहरी चौकी दाउन्ने र अस्थायी प्रहरी पोस्ट दाउन्नेको टोलिले विनयी त्रिवेणीी-२ दाउन्नेमा  सवारी साधन चेक जाँच गर्ने क्रममा पुर्व तर्फ आउदै गरेको लु १ ख ९९१७ नं बसमा सवार भरतपुर-९ गोन्द्र्याङका वसन्त खनाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

पक्राउ परेका युवकले गाडीको डिक्कीमा राखेर ल्याएको १०० एमएल दरका ५०१ थान बोतल फेन्साडिल न्यु बरामद गरिएको  प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology