नवलपुर प्रहरीद्वारा एक वर्षमा जुवाबाट ३७ लाख बढि बरामद, ३९१ जना पक्राउ

NAWALPUR TIMES

नवलपुर प्रहरीद्वारा एक वर्षमा जुवाबाट ३७ लाख बढि बरामद, ३९१ जना पक्राउ
219682017 2976918212597615 1199601678394192581 n

कावासोती । नवलपुर प्रहरीले एक वर्षमा जुवाको खालबाट ३७ लाख बढि बरामद गरेको छ । गत आ.व ०७७/७८ मा जिल्लाको विभिन्न स्थानमा जुवा खेलेको स्थानमा छापा मार्दा ३६,५१,१४१ नेपाली रुपिया, ४२,६५५ भारतिय रुपिया र २६० दिराम विदेशी मुद्रा बरामद गरिएको नवलपुर प्रहरीले जनाएको छ ।

आईतबार जिल्ला प्रहरी कार्यालयले एक वर्षको अपराधिक गतिविधी सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक प्रकाश मल्लले जिल्लाको विभिन्न ५३ स्थानमा खेलिएका जुवाको खालमा छापा मार्ने क्रम नगद सहित ३९१ जना पक्राउ परेका जानकारी दिएका हुन ।

आ.व २०७६/७७ मा भन्दा तुलनात्मक रुपमा गत आ.व ०७७/७८ मा धेरै जुवा सम्बन्धि अपराधको घटना बाहिर आएको हो । आ.व २०७६/७७ मा ८ वटा मात्रै जुवा सम्बन्धि मुद्दा कारवाही अगाडी बढाएको प्रहरीले गत आ.व ०७७/७८ मा ५३ वटा मुद्दामाहु कारवाही अगाडी बढाएको हो ।

पत्रकार सम्मेलनमा उपरीक्षक मल्लले विभिन्न सुचनाको माध्यमबाट ५३ स्थानमा छापा मार्दा हरेक पटक नयाँ मानिसहरु पक्राउ परेको बताए । मल्लका अनुसार चाडपर्व, मेलापर्व, मेलापत साथै विविध धार्मीक तथा सास्कृतीक पर्वका नाममा जुवा खेल्ने खेलाईन तथा लुकिछिपी तथा प्रहरीको गतिविधी नियाल्दै खेलाईने गरेको स्थानबाट धेरै मात्रमा जुवाडेहरु पक्राउ परेका हुन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology