नवलपुर जिल्लामा निषेधाज्ञाको समय जेठ २४ सम्म थप

NAWALPUR TIMES

नवलपुर जिल्लामा निषेधाज्ञाको समय जेठ २४ सम्म थप
nawalpur 1

नवलपुर । नवलपुर जिल्लामा निषेधाज्ञा थपिएको छ । कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले जेठ २४ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरेको हो । भोलि जेठ १४ राति १२ बजेसम्म लागु गरिएको निषेधाज्ञा अब जेठ २४ गते राति १२ बजे सम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनु भयो ।

पंगेनीले बल्ल जिल्लामा संक्रमणको दर र निको हुने दर उस्तै हाराहारीमा रहेकाले निषेधाज्ञामा कडाईका साथ नै पालना गर्ने गरि निर्णय भएको बताउनु भयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology