नवलपुर अपडेट : ९६ जना निको हुँदा १ सय १९ जनामा संक्रमण, ५ जनाको मृत्यु

NAWALPUR TIMES

नवलपुर अपडेट : ९६ जना निको हुँदा १ सय १९ जनामा संक्रमण, ५ जनाको मृत्यु
nawalpur 1

कावासोति । नवलपुरमा पछिल्लो २४ घण्टामा ९६ जना संक्रमित निको भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार होम आइसोलशेनमा रहेका ९६ जना निको भएका हुन् ।

कोभिडको दोस्रो लहर शुरु भए यता नवलुरमा १ हजार ९ सय ३८ जना संक्रमित भएकाहरु मध्ये बुधबारसम्म ७ सय ९३ जना निको भएका छन् ।

त्यसैगरी बुधबार १ सय १९ जना नयाँ संक्रमित थपिएका छन् ।

नवलपुरमा बुधबार गैडाकोटमा २३ जना, देवचुलीमा २६ जना, कावासोतीमा २९ जना, मध्यविन्दुमा १५ जना, विनयी त्रिवेणीमा १२ जना, हुप्सेकोटमा १३ जना र जिल्ला बाहिरका १ सहित ११९ जनामा संक्रमण भएको हो ।

योसहित नवलपुरमा सक्रिय संक्रमितको संख्या १ हजार १ सय १५ पुगेको छ ।

त्यसैगरी बुधबार नवलपुरमा ५ जना संक्रमितको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

 

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology