नवलपुरमा ६२ देखि ६४ वर्ष उमेर समुहलाई जेठ २५ देखि ३० सम्म भेरोसिल खोप लगाईने

NAWALPUR TIMES

नवलपुरमा ६२ देखि ६४ वर्ष उमेर समुहलाई जेठ २५ देखि ३० सम्म भेरोसिल खोप लगाईने
vaccine 1617338155

कावासोती । नवलपुरमा ६२ देखि ६४ वर्ष उमेर समुहलाई जेठ २५ देखि ३० सम्म भेरोसिल खोप लगाईने भएको छ ।

जिल्लाका आठ वटै पालिकाहरुमा पालिकाको स्वास्थ्य शाखाले पाएक पर्ने स्थानहरुमा खोप केन्द्र तोकेर खोप लगाईने व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।

यस अघि जिल्लामा १७३५२ जनालाई कोभिड शिल्डको खोप दिईएकोमा यस पटक ५०१० जनालाई भेरोसिलको खोप लगाईने चापागाईंले बताए । भेरोसिलको खोप लगाएको ४ हप्ता पछि फेरि दोस्रो डोज लगाईने पनि चापागाईंले जानकारी दिए ।

जिल्लाको गैंडाकोटमा ९६०, देवचुलीमा ६९०, कावासोतीमा १०१०, मध्यविन्दुमा ८७५, हुप्सेकोटमा ४००, विनयी त्रिवेणिमा ५२०, हुप्सेकोटमा ४००, बौदिकालिमा २५० र बुलिङ्गटारमा ३०५ डोज भेरोसिल खोप उपलब्ध हुने चापागाईंले बताए ।

जिल्लाबाट १४००० डोज खोप माग गरेर पठाईए पनि ५०१० डोज मात्रै खोप आएको चापागाईंले जानकारी दिए।

चापागाईंका अनुसार भेरोसिल खोप ६२-६४ वर्ष उमेर समूह र हाल सम्म कुनै पनि प्रकारका कोभिड विरुद्धको खोप नलाएका स्वास्थ्य सेवाका कर्मचारीहरुलाई लगाईने छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology