नवलपुरमा मृत गैंडा फेला

NAWALPUR TIMES

नवलपुरमा मृत गैंडा फेला
AddText 08 04 12.50.07 scaled

कावासोती । नवलपुरमा मृत गैंडा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा पर्ने कावासोती-७ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा पोथी गैंडा मृत फेला परेको हो ।

सामुदायिक वनको पश्चिम तर्फको गेटमा गैंडा मृत देखे पछि वन हेरालुले निकुन्ज प्रसासनमा खबर गरेका थिए । मृत अवस्थामा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको छ ।

गैंडा रोगी र कम्जोर रहेको र वनमा लगाईएको झटका दिने करेन्टमा परी लडेर मरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको चितवन राष्ट्रिय निकुञ्जका चिकित्सक डा विजयकुमार श्रेष्ठले बताए ।

यो सँगै चालू आ.व ०७८/७९ मा मर्ने गैंडाको संख्या ४ पुगेको हो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology