नवलपुरमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES

नवलपुरमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

नवलपुरमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार थपिएका संक्रमित मध्ये गैंडाकोटमा ८, देवचुलीमा १५, कावासोतीमा ४७ , मध्यविन्दुमा ९ , विनयीत्रिवेणीमा ४, हुप्सेकोटमा ७ जना र जिल्ला बहिरका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सोमबार  थपिएका ९१ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७२८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology