नवलपुरमा काङ्ग्रेसको वडा अधिवेशन भदौ २१ गते

NAWALPUR TIMES

नवलपुरमा काङ्ग्रेसको वडा अधिवेशन भदौ २१ गते
1614926923 nepali congress mx3xCT37Q5

कावासोती । नवलपुरमा नेपाली काङ्ग्रेसको वडा अधिवेशनहरु भदौ २१ गते हुने भएको छ ।
बुधबार नेपाली काङ्ग्रेस नवलपुरको जिल्ला कार्यसमितिको बैठकले भदौ २१ गते जिल्लाका सबै ९२ वडामा एकै दिन अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

काङ्ग्रेसको जिल्ला अधिवेशन सम्पन्न गर्न तोकिएका जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलको उपस्थितिमा बसेको बैठकले भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय गरेको काङ्ग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेले बताए ।

लगातार वर्षा पछिको प्राकृतिक प्रकोपका कारणले जिल्लाको पहाडी क्षेत्रमा निर्वाचन सामाग्री पुर्‍याएर भदौ १८ गते वडा अधिवेशन सम्पन्न गर्न समस्या हुने भएको भन्दै बैठकले भाद्र २१ गते वडा अधिवेशन गर्ने निर्णय गरेको घिमिरेले जानकारी दिए । बैठकले नगर/प्रदेश निर्वाचन क्षेत्र/ संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको मिति भने हेरफेर गरेको छैन ।

काङ्ग्रेसले नेपाल शिक्षक संघ र डेमोक्रेटिक लयर्स एसोसिएसन सँग समन्वय गरेर निर्वाचन अधिकृत खटाउने निर्णय गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology