नवलपुरमा काङ्ग्रेसको नगर अधिवेशन फेरि सर्यो

NAWALPUR TIMES

नवलपुरमा काङ्ग्रेसको नगर अधिवेशन फेरि सर्यो
Congress 14 Mahadhibesan 1 e1629962041858 1

नवलपुर ।  नवलपुरमा नगर अविधेशन आउँदो सोमबार हुने भएको छ ।

जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलका अनुसार केही पालिकामा प्राविधिक समस्या देखिएकाले पूर्वनिर्धारित कार्यक्रम अनुसार शनिबार हुन नसक्ने भएकाले निर्वाचन कार्यतालिकामा फेरबदल गरिएको हो । नयाँ कार्यतालिकाअनुसार आउँदो सोमबार मनोनयन गर्ने गरी अधिवेशन तीन दिन पछिका लागि सारिएको हो ।

निर्वाचन समितिले ८ वटै पालिकामा मतदान अधिकृत खटाएको छ । यहाँका ८ वटा पालिकामा आउँदो सोमबार निर्वाचनका उम्मेदवारहरुको मनोनयन गरिने र मंगलबार मतदान हुने गरी कार्यतालिका सार्वजनिक भएको छ ।

४ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेको पूर्वी नवलपरासीमा रहेका १६ हजार ४ सय ८२ क्रियाशील सदस्यबाट चुनिएका १८ सय प्रतिनिधि मतदाता रहेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology