नवलपुरमा एक लाख ५८ हजार नगदसहित चार जना जुवाडे पक्राउ

NAWALPUR TIMES

नवलपुरमा  एक लाख ५८ हजार नगदसहित चार जना जुवाडे पक्राउ
images 2

नवलपुरको कोल्हुवामा गएराति एक लाख ५८ हजार रुपैयाँ सहित ४ जना जुवाडे पक्राउ परेको छ ।

मध्यविन्दु नगरपालिका को कोल्हुवाबाट गएराति प्रहरीले १ लाख ५८ हजार रुपैयाँ सहित ४ जना जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो ।

मध्यविन्दु नगरपालिका २ को ईभान कटेजबाट प्रहरीले मध्यविन्दु नगरपालिका वडा नं २ का ३३ बर्षीय हेमन्त चौधरी,मध्यविन्दु नगरपालिका वडा नं ४ पनौती बस्ने ३८ को बबरजंग चौधरी,वडा नं ४ लुस्लहरी बस्ने वर्ष ३३ को अरुण भण्डारी र मध्यबिन्दु नगरपालिका वडा नं ३ लेडा बस्ने वर्ष २८ को विवेक थनेत रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ । पक्राउ परेकालाई जुवा तास ऐन अनुसार कारवाही चलाउने प्रहरीले तयारी गरेको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology