छुट्टाछुट्टै दुईवटा दुर्घटनामा एक जनाको मृत्यु , ४ जना घाईते

NAWALPUR TIMES

छुट्टाछुट्टै दुईवटा दुर्घटनामा एक जनाको मृत्यु , ४ जना घाईते

कावासोती । पुर्वी नवलपरासीमा भएका छुट्टाछुट्टै दुईवटा दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ४ जना घाईते भएका छ्न ।

पुर्व पश्चिम राजमार्गको विनयी त्रिवेणी गाउँपालिका –२ दाउन्नेको घ्यूखोलामा ना ६ ख ५०३५ को बस आफै अनियन्त्रित भएर पल्टिँदा दाङ घोराही उप महा नगरपालिका १४ बस्ने बसका चालक मोतीराम बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिपकुमार गिरी ले जानकारी दिए । बस पल्टिए पछि बसबाट अन्दाजी दुई सय मिटर तल खसेका चालकको मृत्यु भएको हो भने बसमा सवार अन्य यात्रु सकुशल रहेका गिरी ले बताए ।

यस्तै जिल्लाकै बौदिकाली गाउँ पालिका कोटरथमा लु १ ज ३३२९ नम्बरको जिप पल्टिँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा बौदिकाली गाउँपालिका –४, बस्ने मोहन सिंह थापा, यम बहादुर गाहा, पिताम्बर गाहा, र कुल बहादुर गाहा घाइते भएका छन् ।

घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको डिएसपी गिरीले बताए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology