चौधरी उद्योग ग्रामद्वारा ४० थान अक्सिजन सिलिन्डर रिफिल गरि जिल्ला प्रशासनलाई हस्तान्तरण

NAWALPUR TIMES

चौधरी उद्योग ग्रामद्वारा ४० थान अक्सिजन सिलिन्डर रिफिल गरि जिल्ला प्रशासनलाई हस्तान्तरण
1621243022688

कावासोती । पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले ४० वटा अक्सिजन सिलिन्डर रुफिल गरि जिल्ला प्रशासन कार्यालय लाई हस्तान्तरण गरेको छ।

कोरोना महामारीमा जिल्लामा अक्सिजन अभाव नहोस् भन्नाका लागि जिल्ला अस्पताल तथा नगर अस्पतालमा प्रयोग गर्न मिल्ने गरि अक्सिजन सिलिन्डर रिफिल गरि हस्तान्तरण गरिएको उद्योग ग्रामले जनाएको छ।

अक्सिजन वितरणमा समस्या नआवोस भनी जिल्ला प्रशासन कार्यालयको एकद्वार प्रणालीमार्फत प्रशासन कार्यालयलाई सो सिलिन्डर हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, प्रहरी प्रमुख प्रकाश मल्ल, चौधरी उद्योग ग्रामका सिएसआर प्रमुख रामचन्द्र धिताल लगायतको उपस्थिति रहेको थियो।

चौधरी उद्योग ग्रामले यस अघि पनि २५ वटा अक्सिजन सिलिन्डर रिफिल गरि मध्यबिन्दु जिल्ला अस्पताललाई हस्तान्तरण गरिसकेको छ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology