खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपुरको अध्यक्षमा भुसाल

NAWALPUR TIMES

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपुरको अध्यक्षमा भुसाल
FB IMG 16111490391681141

कावासोती । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपुरको अध्यक्षमा खिमानन्द भुसाल सर्वसम्मत चयन भएका छ्न ।

बुधबार कावासोतीमा सम्पन्न भेलाले प्रगतिनगर खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाका अध्यक्ष समेत रहेका भुसाललाई अध्यक्षमा चयन गरेको हो ।

जिल्लाका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुको भेलाले जिल्ला महासंघको उपाध्यक्षमा सोभित प्रसाद शर्मा ( अग्यौली), सचिवमा श्रीधर शर्मा (कोल्हुवा), कोषाध्यक्षमा पार्वती शर्मा लम्साल (जुल्के)लाई चयन गरेको छ ।

त्यस्तै भेलाले समितिको सदस्यमा उदयराज अर्याल (सेतापानी), टंक लम्साल (अग्यौली), भिम रेग्मी (हुप्सेकोट), राधिका सापकोटा पाठक (गैंडाकोट पम्पिङ), सुभाषचन्द्र ओझा (दिव्यपुरी), हिरादेवि गिरी (कुसुण्डे), भिमलाल कंडेल (कावासोती), रमिला भुजेल (कावासोती), सालिकराम तिमिल्सना (त्रिवेणी), रुमकला काफ्ले (जनवस्ती), प्रकाश गिरी (बुलिङ्गटार)लाई चयन गरेको निर्वाचन समितिका सदस्य दिपकराज लम्सालले बताए ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा जिल्ला भित्रका खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology