कोरोना संक्रमणको कारण नवलपुरमा एक महिनामा १८ जनाले ज्यान गुमाए

NAWALPUR TIMES

कोरोना संक्रमणको कारण नवलपुरमा एक  महिनामा १८ जनाले ज्यान गुमाए
nawalpur

कावासोती । कोरोना संक्रमणको दोस्रो लहर सुरु भए सँगै एक महिनाको अवधिमा १८ संक्रमितले ज्यान गुमाएका छ्न ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार वैशाख महिनामा १८ जना संक्रमितले ज्यान गुमाएको र यो सँगै जिल्लामा कोरोना संक्रमणको कारणले ज्यान गुमाउनेको संख्या ५० पुगेको छ ।

कोरोनाको पहिलो लहर  देखि अहिले सम्म जिल्लाको  कावासोती नगरपालिकाका १५ जना, गैंडाकोट नगरपालिकाका १४ जना, देवचुली  नगरपालिकाका १० जना र मध्यबिन्दु नगरपालिकाका ५ जना कोरोना संक्रमितले ज्यान गुमाएका हुन् । विनयी त्रिवेणी गाउँपालिकामा ४ जनाको र हुप्सेकोट गाउँपालिकामा १ जनाको संक्रमणको कारणले ज्यान गएको हो त्यस्तै धादिङ स्थायी ठेगाना भई नवलपुरमै बस्दै आएका एक संक्रमितको मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology