केरुङे खोलाको बाढीले कावासोती जलमग्न

NAWALPUR TIMES

केरुङे खोलाको बाढीले कावासोती जलमग्न
211855865 2083786828467807 4893124241775571752 n

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ । कावासोती र डण्डाको बीचमा रहेको केरुङे खोलाको बाढी हात्तीखेर भन्ने स्थानबाट पसेका कारण मुख्य बजार क्षेत्र जलमग्न भएको हो ।

कावासोती थानाचोकदेखि पश्चिम सभापतिचोकसम्मको बजार क्षेत्र र राजमार्ग क्षेत्र डुबानमा परेको छ । महेन्द्र राजमार्गमा पनि पानी बगेका कारण आउजाउ गर्न समस्या भएको छ । खोला बगेका कारण कतिपय स्थानमा सडक नै देखिएको छैन ।

कावासोती रेडक्रस शाखाका अध्यक्ष वेदप्रसाद न्यौपानेले कावासोती नगरपालिका वडा नम्बर १ हात्तिखोरवाट खोलाको बाढी गाउँतिर पसेका कारण राजमार्गमा डुबान भएको टेलिफोनमा जानकारी दिए । उनले कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी पाइप पनि १ किलोमिटर बगाएको जानकारी दिए ।

बिहीबार बिहानैबाट कावासोती नगरपालिका वडा नम्बर ५ र ६ का बस्तीमा खानेपानी आपूर्ति बन्द भएको संस्थाका सचिव दीपक लम्सालले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology