कावासोती र मध्यविन्दुका विभिन्न स्थानमा शनिबार विद्युत अवरुद्ध हुने ( विवरण सहित)

NAWALPUR TIMES

कावासोती र मध्यविन्दुका विभिन्न स्थानमा शनिबार विद्युत अवरुद्ध हुने ( विवरण सहित)
Electricity

कावासोती । नवलपुरका विभिन्न स्थानमा शनिबार विद्युत   अवरुद्ध हुने भएको छ ।
जिल्लाको कावासोती नगरपालिका र मध्यविन्दुु नगरपालिकाको विभिन्न स्थान विहान १० वजेदेखि अपरान्ह ३ बजेसम्म विद्युत   अवरुद्ध हुने नेपाल विद्युत  प्राधिकरण वितरण केन्द्र कावासोतीले जनाएको छ।

कावासोती नगरपालिकाको वडा नं ३, ७, ८, ९, १०, १३, १४, १५, १६ र १७ मा विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । त्यसै गरि मध्यविन्दु नगरपालिकाको वडा नं १, २ र ३ को विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने प्राधिकरणको कावासोती वितरण केन्द्र द्वारा जारी सूचनामा जनाईएको छ ।

वितरण केन्द्रका अनुसार नारायणघाट बुटवल सडक खण्ड बिस्तारको क्रममा पर्ने रुखहरु कटान गर्न पर्ने भएकाले ११ केभि प्रगतिनगर फिडर अन्तर्गत पर्ने स्थानमा विद्युत अवरुद्ध हुनेछ्न ।

तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सुचारु हुने कार्यालयले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology