काठ दाउराको बिक्रीवितरण खुलाउन माग गर्दै वैज्ञानिक वन संजालको कावासोतीमा प्रदर्शन

NAWALPUR TIMES

कावासाेती । काठ दाउरा बिक्रीवितरण खुलाउन माग गर्दै पुर्वी नवलपरासीको कावासोतिमा नवलपुर वैज्ञानिक वन संजालले पुर्व पश्चिम राजमार्गमा प्रदर्शन गरेका छन्।

गत जेठमा नेपाल सरकारकाे मन्त्रिपरिषद् बैठकले अर्काे ब्यवस्था नभए सम्मका लागि काठ दाउरा कटान, बिक्री  वितरणमा प्रतिबन्ध लगाएकाे थियाे ।

जेठमा लगाईएको प्रतिबन्ध अहिलेसम्म नखोलिएको भन्दै नवलपुर वैज्ञानिक वन संजालको अगुवाईमा प्रदर्शन गरिएको हो । कावासोतीको थकाली चोकबाट सुरु भएको र्‍याली डिभिजन वन कार्यालय अगाडि पुगेर  कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममामा नवलपुर वैज्ञानिक वन संजालका अध्यक्ष मधु बिलास अधिकारीले सरकारले  नेपालकाे काठ दाउरामा  प्रतिबन्ध गरेर विदेशबाट काठ आयात गर्न खाेजेकाे आराेप लगाएउदै तत्काल प्रतिबन्ध फुकुवा गर्न माग गरेका छ्न । हाल जिल्लामा ५० वटा वैज्ञानिक वन कार्यक्रममा व्यवस्थापनमा संचालित छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology