कांग्रेस महाधिवेशन : नवलपुरमा वडा सभापति सहित क्षेत्रीय प्रतिनिधीमा युवापुस्ताको वर्चस्व

NAWALPUR TIMES

कांग्रेस महाधिवेशन : नवलपुरमा  वडा सभापति सहित क्षेत्रीय प्रतिनिधीमा युवापुस्ताको वर्चस्व
Congress 14 Mahadhibesan 1 e1629962041858 1

कावासोती । नेपाली कांग्रेसको महाधिवेशनको पहिलो खुडकिलोको रुपमा रहेको गत भदौ २१ गते नवलपुरमा सम्पन्न वडा तहको अधिवेशनबाट अधिकांश वडाको सभापतिमा युवा पुस्ताको नेतृत्व आएको छ । जिल्लाको ९२ वडा मध्य अधिवेशन सम्पन्न भएका ९१ वडा मध्ये पचास प्रतिशत भन्दा धेरै वडाहरुमा युवा पुस्ता सभापतिमा चयन भएका कांग्रेस जिल्ला सभापति विष्णु लामिछानेले बताए ।

निर्वाचन अधिकृतहरुले निर्वाचीत भएका वडा कार्यसमितीहरु र क्षेत्रीय प्रतिनिधीहरुको नामावली बुधबार साँझ सम्म उपल्ब गराउने भएकाले आधिकारीक संख्या आईनसके पनि ५० प्रतिशत भन्दा धेरै वडा सभापति र सोही अनुपातमा युवा पुस्ताहरु क्षेत्रीय प्रतिनिधीमा चयन भएको लामिछानेको दाबी छ ।वडातहको निर्वाचनबाट अधिकांश वडामा युवा पुस्ताको वर्चस्व रहनु सुखद रहेको सभापति लामिछाने बताउछन । “वडा तहदेखिनै युवाहरुको आधाभन्दा धेरै प्रतिनिधित्व हुनुले कांग्रेसमा युवा पुस्ताको आर्कषण थप बढेको देखाएको छ, यस्ले गर्दा आगामी दिनमा अग्रजको अनुभव र युवाहरुको जोस र जाँगरले पार्टीलाई थप बलियो र जनताको निकट बनाउछ,” लामिछानेले भने ।

युवा पुस्ता उत्पादन, व्यवसाय सँग जोडिएको र आय आर्जनमा लागेर आत्म निर्भर भएको , आत्म निर्भर युवा नेपाली कांग्रेसको राजनीति मार्फत समाज परिर्वतका लागी उन्मुख हुनु सिङगो कांग्रेस र देशका लागी सुखद भएको प्राध्यापक एवं राजनीतिक विषलेश्क झपेन्द्रस्वर भुसाल बताउछन । कांग्रेसको वर्तमान अधिवेशनले कांगेसको स्थानीय तहहरुको नेतृत्वमा नयाँ पुस्ताको प्रवेश सँगैै पुस्ता हस्तान्तरण तल्लो तहबाटै सुरु भएकोले कांग्रेसको आन्तिरिक जीवनका लागी यो सुखद रहेको भुसालको धारणा थियो ।

 

जिल्लाका अधिकांश वडामा युवा पुस्ताको प्रवेशले अब कांग्रेसको बागडोर सम्हाल्न युवा पुस्ता तयार रहेको सन्देश वडा अधिवेशनहरुले दिएको तरुणदल नवलपुरका सभापति सुर्य गुरुङ बताउछन । “यो नेतृत्वका लागी युवा तयार छ भन्ने सन्देश हो, कांग्रेस नेतृत्व तहमा युवाको सहभागीताले कांग्रेसमा युवाको आर्कषणमा कमि छैन भन्ने सन्देश हो,” गुरुङले भने ।

 

जिल्लाका अधिकांश वडाहरुमा सभापति सहित क्षेत्रीय प्रतिनिधीमा युवा विद्यार्थीको प्रतिनिधित्वले कांग्रेसमा थप उर्जा प्रदान गरेको बताउदै नेविसंघ नवलपुरका सभापति राजेश पौडेलले कांग्रेसको आन्तरीक राजनीतिमा बिस्तारै युवा पुस्ताको हस्तक्षेप बढदै जानु कांग्रसका लागी सुखद भएको धारणा व्यक्त गरे ।

 

कुल ९२ वडा रहेको नवलपुरमा गत ९१ वडामा अधिवेशन सम्पन्न भएको छ । आन्तिरीक विवादका कारणले रोकिएको हुपसेकोट वडा नं ३ को अधिवेशन भदौ २७ गते सम्पन्न हुने कांग्रेस नवलपुरले जनाएको छ । जिल्लाका कुल ९२ वडा बाट वडा सभापति सहित १८४२ भन्दा धेरै प्रतिनिधीले नगर, प्रदेश निर्वाचन क्षेत्र, संघिय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा भाग लिन पाउने व्यवस्था कांग्रेसको विधानले गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology