एमाले कावासोति अधिवेशन : केन्द्रीय र जिल्ला नेताले पद भागबण्डा गरेको चर्चा

NAWALPUR TIMES

एमाले कावासोति अधिवेशन : केन्द्रीय र जिल्ला नेताले पद भागबण्डा गरेको चर्चा
poster 2021 10 27 061101

कावासोति । नेकपा एमाले कावासोति नगरकमिटीको जारी अधिवेशनमा पार्टीको केन्द्रीय र जिल्ला तहका नेताले भित्री रुपमा पदको भागवण्डा गरेको चर्चा चलेको छ ।
विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले छलफल प्रारम्भ गर्नुपूर्व एमाले केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज तिलक महत, जिल्ला अध्यक्ष रोशन बहादुर गाहा सहितको नेताले विभिन्न पदमा भागवण्डा गरेको चर्चा अधिवेशन स्थलमा चलेको छ ।
एमालेको कावासोति नगर अध्यक्षमा ५ जना आकांक्षी छन् । तर, जिल्ला नेतृत्वले केन्द्रीय सदस्य तिलक महतको सिफारिसमा रामकृष्ण ढुंगानालाई अध्यक्ष बनाउने तयारी गरेको चर्चा पछि अहिले अधिवेशन स्थलमा कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् । अध्यक्ष पदका अन्य आकांक्षीहरु अहिले छलफलमा छन् ।
उपाध्यक्ष पदमा संविधान सभा सदस्य जीवन श्रेष्ठको कोटाबाट देवीमाया घिमिरेमा नेताहरु नाम टुंगिएको चर्चा छ । सचिवमा एमाले जिल्ला सचिवालय सदस्य भीमलाल कण्डेलले राजेन्द्रप्रसाद पाण्डेलाई सहमति गराएको चर्चा छ । यस्तै २ जना उपसचिवमा एमाले नेता बाबुराम विश्वकर्माले होम बहादुर बिक र कावासोति नगरपालिका उपप्रमुख प्रेमशंकर मर्दनियाले धनिराम गुरौंको नाममा सहमति गरेको चर्चा छ । जीवन श्रेष्ठको निवासमा बसेको नेताहरु बैठकमा ति नामहरुमा सहमति गरेको र सोही अनुसार केन्द्रीयता लाद्न खोजेको भन्ने चर्चा पछि अन्य उम्मेदवारहरुले त्यसको बिरोध गरेका छन् । यस बिच जिल्ला इञ्चार्ज तिलक महतले सात दिन लगाएर भएपनि चुनाव हुदैन भन्ने अभिव्यक्ती आफु निकट विभिन्न व्यक्ति मार्फत पुर्‍याउनु भएको आरोप लागेको छ ।
एमाले कावासोति नगरकमिटीको अधिवेशनमा पदाधिकारी सहित केही वडा, जनजाति र दलित सदस्यहरुमा अझै सहमति जुट्न सकेको छैन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology