अमलटारी होमस्टे नेपाल संरक्षण अवार्ड-२०२१ बाट पुरस्कृत

NAWALPUR TIMES

अमलटारी होमस्टे नेपाल संरक्षण अवार्ड-२०२१ बाट पुरस्कृत
Amaltari Home Stay 4

कावासोती । अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेले राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । २०७० साल जेष्ठ ५ गते नवलपुरको कावासोती १५ नम्वर वडामा समुदाय स्तरबाट संचालन गरीएको अमलटारी होमस्टेले आफ्नो वार्षिकउत्सवको दिन दोस्रो पटक राष्ट्रिय पुरस्कारबाट सम्मानीत भएको हो ।

प्रकृति र सस्कृति संरक्षण तथा जैविक विविधता संरक्षण मार्फत दिगो जीविकोपार्जन को क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याउने चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र अन्तर्ग रहेको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेले डब्लू डब्लू एफ नेपाल संरक्षण अवार्ड २०२१ प्राप्त गर्न सफल भएको हो ।

अमलटारी होमस्टेले यस अगी देशभरकै घरवास (होमस्टे) मध्ये यस उत्कृष्ट हुदै लाख १ हजार नगद र सम्मानपत्र सहित वर्ष २०७२ को उत्कृष्ट होमस्टे घोषणा समेत भएको थियो ।
डब्लु डब्लु एफको स्थापना दिवसको अवसरमा प्रकृति र सस्कृति संरक्षण तथा जैविक विविधता संरक्षण क्षेत्रमा काम गर्दै आएको छ ।

अमलटारी मध्यवर्ती सामुदायिक होमस्टले प्रकृति र संस्कृति संरक्षण र जैविक विविधता संरक्षणमा उत्कृष्ट कार्य गरे बापता आज अमलटारी होम स्टेलाई नेपालकै उत्कृष्ट धोषण गर्दै पुरस्कृत गरेको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेका अध्यक्ष प्रेमशंकर मर्दनियाले जानकारी दिनु भयो ।

डब्लुडब्लुएफले आफ्नो स्थापना दिवसको अवसरमा संरक्षणको क्षेत्रमा उल्लेख्य काम गरे बापत अमलटारी होमस्टेलाई राष्टिय संरक्षण पुरस्कारबाट नगद रु १ लाख र अन्य सामग्री सहित सम्मान गरेको अध्यक्ष मर्दनियाले जानकारी दिनुभयो ।

संरक्षण तराई भू परिधि कार्यक्रम (ताल), चितवन राष्ट्रिय निकुञ्ज र अमलटारी मध्यवर्ती उपभोक्ता समूहको ‘हमार दिगो गाउँ’ (हाम्रो दिगो गाउँ) कार्यक्रम अन्तरगत यो गाउँमा होम स्टे संचालन हुदै आएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology