स्कुल बसले ठक्कर दिदा ३ वर्षिय बालिकाको मृत्यु

NAWALPUR TIMES

स्कुल बसले ठक्कर दिदा ३ वर्षिय बालिकाको मृत्यु
accident 20201129054133

कावासोती, २६ पुस /

नवलपुरको गैंडाकोटमा स्कुल बसको ठक्करबाट ३ वर्षिय बालिकाको घटना स्थलमा नै मृत्यु भएको छ ।

 

मंगलबार दिउसो १ बजेको समयमा गैंडाकोट १२ मतकरीको भित्रि सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको ग १ क २७५७ नम्बरको बसले ठक्कर दिदा बालिकाको घटना स्थलमा नै मृत्यु भएको हो ।

 

गैंडाकोटको सुर्यदय बोडिङ्ग स्कुलको बसले गैंडाकोट १२ मतकरी बस्ने वर्ष ३ को साइरा सुनि मगरलाई ठक्कर दिएको र उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक र सहचालक प्रहरी नियन्त्रणमा रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology