सुन तस्करीमा आफ्नै नेताहरु संलग्न भएकाले सरकारले छानबिन समिति बनाउन मानेनः महेश बर्तौला

NAWALPUR TIMES

सुन तस्करीमा आफ्नै नेताहरु संलग्न भएकाले सरकारले छानबिन समिति बनाउन मानेनः महेश बर्तौला
mahesh bartaula

कावासोती । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा सत्यतथ्य छानविन गर्न सरकार डराएको आरोप लगाएका छन् ।

सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बर्तौलाले सुन तस्करी प्रकरणमा सरकार पक्षको र सरकार निर्माण गर्ने मुर्धन्य नेताहरुको प्रत्यक्ष संलग्नता रहेको जिकिर गरे ।

उनले भने ‘सामान्य मानिसहरू छैनन् यहाँ। दलका मुर्धन्य नेताहरू हुनुहुन्छ। महत्वपूर्ण ओहोदामा बसिसकेका, जिम्मेवारीमा बसिसकेका मन्त्रीहरू हामीले देखिरहेका छौं। तसर्थ संसद्मार्फत सरकारलाई खबरदारी गर्छौं, सरकार अहिलेपनि उच्चस्तरीय छानबिन समिति बनाउने पक्षमा छैन। उच्चस्तरीय छानबिन समिति बनाउँदा खेरी सरकारमा बसेका गृहमन्त्री भ्रष्टाचारलाई निर्मुल बनाउँछु भन्नुहुन्छ। तर, क्वीन्टल सुन बाहिरिन्छ। अर्थ मन्त्रालयले बाहिरबाट समाउँछ।’

बर्तौलाले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने, चीनतर्फबाट क्विन्टलका क्विन्टल सुनहरू नेपाल भित्र्याउने र अन्यत्रतर्फ निर्यात गर्ने गतिविधिमा सरकारको प्रत्यक्ष सहभागिता रहेको बताए।

उनले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर निष्पक्ष पारदर्शी ढंगबाट सत्यतथ्य बुझेर दोषीलाई कारबाही नगरेसम्म संसद अघि नबढ्ने बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology