लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नवलपुरको अध्यक्षमा फाल मगर चयन
NAWALPUR TIMES प्रकाशित : २०८० फागुन १९ गते २२:४१
FB IMG 1709398363060
कावासोती । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नवलपुरको शनिबार कावासोतीमा भएको पहिलो जिल्ला अधिवेशनले ईन्द्र फालमगरलाई अध्यक्ष चयन गरेको हो ।
महासंघको उपसभापतिहरुमा पदमबहादुर राना मगर र प्रेमबहादुर राना मगर, सचिवमा झेडीबहादुर महतो र चित्रबहादुर थापा, सहसचिवहरुमा गणेश गुरुङ, र पञ्चमाया चितौरे सर्वसम्मत चुनिएका हुन् ।
सदस्यहरुमा सम्मरबहादुर दरै, भिमबहादुर राना, लिलाकुमारी थापा, शान्ति खण्डलुक, नन्दकुमार गुरौं, हिराकुमार थरुनी, तेजकुमार श्रेष्ठ लगायत निर्निरोध चयन भएका हुन् ।
Facebook Comment