लुम्बिनी काङ्ग्रेस महामन्त्री खनाललाई केन्द्रिय अनुशासन समितिले सोध्यो स्पष्टीकरण

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ १ गते १६:४१
लुम्बिनी काङ्ग्रेस महामन्त्री खनाललाई केन्द्रिय अनुशासन समितिले सोध्यो स्पष्टीकरण
Screenshot 2024 08 17 16 39 51 21 06d0a7e6cbea683b0161bdd2ef21c40d

काठमाडौं ।
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाललाई नेपाली काङ्ग्रेस केन्द्रिय अनुशासन समितिले स्पष्टीकरणको पत्र काटेको खुल्न आएको छ ।

आम निर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विरुद्ध मत मागेको लगाएतका विषय उल्लेख गरि नेपाली काङ्ग्रेसको केन्द्रिय अनुशासन समितिले खनाललाई स्पष्टीकरण माग गर्दै पत्र काटेको खुल्न आएको हो ।

२०७९ मा सम्पन्न आम निर्वाचनमा काङ्ग्रेसका आधिकारिक उम्मेदवारलाई अन्तरघात गरेको,आफ्ना नजिकका नेता तथा कार्यकर्तालाई भेला गरि अन्य पार्टीका उम्मेदवारलाई जिताउन निर्देशन गरेको लगायतका विषयमा खनाल विरुद्ध केन्द्रिय अनुशासन समितिमा उजुरी परेको थियो ।


नवलपरासी पश्चिम निर्वाचन क्षेत्र ०१ मा काङ्ग्रेसका आधिकारिक उम्मेदवार बिनोद चौधरीलाइ हराउन गुटगत भेला गरि अन्य दलका उम्मेदवारलाई भोट हाल्न योजना बनाएको तथा निर्वाचन क्षेत्र २ मा काङ्ग्रेसका आधिकारिक उम्मेदवार देवेन्द्रराज कण्डेललाई हराउन आफ्ना नजिकका कार्यकर्तालाई हलो चुनाव चिन्हमा भोट हाल्न निर्देशन गरेको आरोप खनाललाई लागेको थियो ।

निर्वाचन ताका आरोपलाई मलजल गर्ने खालको अडियो समेत बाहिरिएको थियो ।

सोही आरोप र उजुरीका आधारमा नेपाली काङ्ग्रेसको केन्द्रिय अनुशासन बिभागले खनाललाई स्पस्टिकरणको पत्र काटेको बताईएको छ ।

प्रकाशित : २०८१ भदौ १ गते १६:४१

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI