राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार गुरुङलाई

NAWALPUR TIMES

राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार गुरुङलाई
received 912408213238681

कावासोती —राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष पत्रकार कमला गुरुङ छनोट भएकी छन् । राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने २० हजार रुपैयाँ राशीको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष परेका आवेदक मध्येबाट ‘स्वास्थ् यखबरपत्रिका की वरिष्ठ संवादाता गुरुङ छनोट भएकी हुन् । पुरस्कार वितरण कार्यक्रम फागुन ९ गते मंगलबार बिहान ११ बजे कावासोती २ स्थित नवदुर्गा सामुदायिक वनको कार्यालय परिसरमा हुने छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहाको प्रमुख आतिथ्यतामा हुने भएको फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिए । फाउण्डेसनले स्व राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्ठमध्ये एक जना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ । विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन । समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन । राधाको निधनपश्चात फाउन्डेसनलाई उहाँका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिइरहेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology